काठमाडौं – गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ६३ हजार २०० सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यामान संस्थापक शेयरधनीलाई दिनुपर्ने जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।
इच्छुकले बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्। साथै, बैंकले तोकेको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा सो शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।





About Us
प्रतिक्रिया