बैकिङ्ग कसुरको मुद्दामा ५३ लाख जरिवाना तोकिएका एक फरार प्रतिवादी प्रहरीको फन्दामा 


काठमाडौं – बैंकिङ्ग कसुरको मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाका ४२ वर्षीय ईश्वरी पौडेल रहेका छन्। 

उनलाई बैंकिङ्ग कसुरका ०८०–c१–२३८८० मुद्दामा काठमाडौं जिल्ला अदालतले १५ लाख जरिवाना , ३ दिन कैद र मुद्दा ०८०–c१–७२१४ मुद्दामा काठमाडौं जिल्ला अदालतले ३८ लाख जरिवाना ,७ दिन कैद ठहर गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनको दुई वटा बैंकिङ्ग कसुर गरी जम्मा ५३ लाख जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेकी थिइन्। उनलाई बुढानिलकण्ठ – २ चपलीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।