टोखाबाट ६.५ तोला सुनका गहना र नगद चोरी


काठमाडौं – काठमाडौंको टोखा नगरपालिका– ३ मेघा सिटीमा रहेको एक घरबाट सुनका गरगहना र नगद चोरी भएको छ। तिल सरा पुर्जाको साँढे दुई तल्ले घरमा उनी र घर रेखदेख गदै आइएकी उनकी छोरी मन्जु पुर्जा थापा मगर समेत नभएको अवस्थामा चोरी भएको थियो। 

उक्त घरबाट सुनका गरगहना ६.५ तोला,नगद  ५० हजार गरी जम्मा १९ लाख ५० हजार बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।

उनीहरू उक्त घरबाट नगदसहित सुन र चाँदीका विभिन्न गहनाहरू गायब पारी फरार भएका छन्। चोरी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ।