स्रोत नखुलेको भारतीय ५ लाखसहित एक जना  पक्राउ


काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका– २ ब्यारेलबाट स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  भारत घर भएका ३५ वर्षीय राहुल सिंह रहेका छन्।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।