काठमाडौं – अछाम छिपेखोलास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय नजिक नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रमको भिडभाडको मौका छोपेर सुनको सिक्री चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साका उमेश राय रहेका छन्।
उनले अछामकी सत्यदेवी कुँवरको घाटीमा लगाएको १२.१७ ग्रामको सुनको सिक्री चोरी गरेका थिए। रायलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया