काठमाडौं – काठमाडौंमा रातको समयमा सर्वसाधारणको गहना र नगद लुटपाट गर्दै आएको एउटा ठुलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विनय तामाङ, आयन माझी, सविन माझी, मनिस रमाइली, पेमा तामाङ, सलोन तामाङ, राजिब भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धको संयुक्त टोलीले काठमाडौंका विभिन्न स्थानबाट यो गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिएको हो।
हालसम्म २७ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् भने उनीहरू विरुद्ध अहिलेसम्म जम्मा ४ वटा जाहेरी दर्ता भैसकेको प्रहरीले जनाएको छ। उनीहरूले सुनका औँठी, सिक्री, मुन्द्रा, टप, ब्रासलेट, आइफोन र ठुलो मात्रामा नगद रकम लुट्ने गरेका थिए।
यस घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया