काठमाडौं – सिद्धार्थ बैंकको नाफा १ अर्ब नाघेको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १ अर्ब ३२ करोड ६६ लाख नाफा कमाएको हो। गत वर्षको यही अवधिमा भने बैंकले ५३ करोड २ लाख मात्रै नाफा आर्जन गरेको थियो।
बैंकले पुस मसान्तसम्म ४ अर्ब ३२ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ११ करोड ६० लाख खुद ब्याज आम्दानी गरेको थियो। बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ९७ करोड ३३ लाख पुगेको छ। बैंकको सञ्चालन नाफा १ अर्ब ९६ करोड ८४ लाख पुगेको छ । यस्तै, बैंकको प्रतिशेयर आम्दानी १७.९८ रुपैयाँ कायम भएको छ।
पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ३.४५ प्रतिशतमा कायम भएको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख रहेको छ भने बैंकको जगेडा कोषमा ५८ करोड ४५ लाख र रिजर्भमा १५ अर्ब ८७ करोड ९ लाख सञ्चित छ।





About Us
प्रतिक्रिया