बैंकका कर्मचारीमाथि आक्रमण बढ्दो, मादक पदार्थ सेवन गरी सुरक्षा गार्डलाई चक्कु प्रहार


काठमाडौं –  स्याङ्जाको विरुवा गाउँपालिका–१ मा रहेको गरिमा विकास बैक लिमिटेडको सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको विरुवा गाउँपालिकाका महेन्द्र नारायण श्रेष्ठ रहेका छन्। 

प्रारम्भिक अनुसन्धानका क्रममा उनले मादक पदार्थ सेवन गरी बैंकका गार्डलाई चक्कु प्रहार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेले बैंकिङ्ग समाचारलाई बताए।

उनले स्याङ्जाका शेर बहादुर थापाका शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी घाइते बनाएको थिए। सो घटनाको भएको भन्ने प्राप्त सूचनाका आधारमा तत्काल प्रहरी चौकी विरूवा अर्चले, स्याङ्जाबाट खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो। 

उनलाई प्रहरीले विरुवा बजारबाट पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा स्याङ्जा जिल्ला अदालतबाट दिन ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।