काठमाडौं – सानिमा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब बढी नाफा आर्जन गरेको छ। बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै १ अर्ब ३९ करोड १० लाख नाफा कमाएको देखाएको हो।
गत वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब १९ करोड २३ लाख खुद नाफा कमाएको थियो। बैंकले पुस मसान्तसम्ममा ३ अर्ब ४२ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष बैंकले २ अर्ब ८७ करोड ४४ लाख आम्दानी गरेको थियो। बैंकको खुद फी तथा कमिशन आम्दानी ६० करोड ५८ लाख पुगेको छ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा १ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी २०.५४ रुपैयाँ पुगेको छ। हाल बैंकको खराब कर्जा ३.६३ प्रतिशत छ।
हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ६१ करोडर रिजर्भ कोषमा ८ अर्ब २२ करोड १६ लाख सञ्चित रहेको छ।





About Us
प्रतिक्रिया