ब्याज आम्दानी बढ्दा नेपाल एसबीआई बैंकको नाफा बढ्यो


काठमाडौं – नेपाल एसबीआई बैंकको खुद नाफा बढेको छ। चालु आर्थिक वर्षको पुससम्ममा बैंकले १ अर्ब ३ करोड १३ लाख नाफा कमाएको छ। बैंकले गतआर्थिक वर्षको यही अवधिमा ९० करोड २ लाख नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानीमा पनि बढेको छ। बैंकले २ अर्ब ५६ करोड १० लाख ब्याज आम्दानी गरेको छ । गत वर्षको यस अवधिमा बैंकले २ अर्ब २९ करोड ३३ लाख ब्याज आम्दानी गरेको थियो। बैंकको खुद फी तथा कमिशन आम्दानी ७१ करोड ५३ लाख रहेको छ।

बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ५४ करोड ८२ लाख रहेको छ। सञ्चालन नाफा पनि १ अर्ब ४७ करोड १३ लाख पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १८.९३ रुपैयाँ पुगेको छ।

हाल बैंकको खराब कर्जा २.६४ प्रतिशत कायम छ। हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड १३ लाख रुपैयाँ रहेको छ। हाल बैंकको चुक्ता पूँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ र रिजर्भमा ८ अर्ब ९४ करोड रुपैयाँ सञ्चित रहेको छ।