नबिल बैंकको नाफा वृद्धि, कस्ता छन् अन्य वित्तीय सूचक ?


काठमाडौं – नबिल बैंकको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले दोस्रो त्रैमासमा बैंकको नाफामा सुधार देखाएको हो ।

पुससम्म बैंकले ४ अर्ब ७५ करोड ९६ लाख नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानी पनि बढेको छ । बैंकले पुस मसान्तसम्ममा ८ अर्ब ८ करोड ७२ लाख ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ७ अर्ब ८९ करोड ५९ लाख ब्याज आम्दानी गरेको थियो ।

हाल बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । पुसम्म बैंकको सञ्चालन मुनाफा ६ अर्ब ५७ करोड २६ लाख छ । हाल बैंकको चुक्तापुँजी ३२ अर्ब ५ करोड ६९ लाख रहेको छ भने रिजर्भमा ३३ अर्ब ४२ करोड ८० लाख रहेको छ ।

पुससम्म बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हालसम्म बैंकको खराब कर्जा ०.८८ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी बढेर ३५.०४ रुपैयाँ कायम छ ।