काठमाडौं – हिमालयन बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले नाफा प्रभावित भएको देखाएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २९ करोड २६ लाख नाफा आर्जन गरेको छ । जबकी गत वर्षको यस अवधिमा बैंकले १ अर्ब ५१ करोड ८७ लाख नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घट्दा नाफा प्रभावित बनेको हो । दोस्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ७० करोड २३ लाख ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब २३ करोड ५६ लाख ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन नाफा १ अर्ब ८५ करोड ३७ लाख छ । हाल बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड रहेको छ । पुसमसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड ३० लाख ऋणात्मक छ । बैंकको खराब कर्जा पनि बढेको छ । हाल बैंकको खराब कर्जा ७.९६ प्रतिशत पुगेको छ । गत वर्षको यस अवधिमा ४.९८ प्रतिशत थियो ।





About Us
प्रतिक्रिया