काठमाडौं – रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सितामढी पर्सौनी बस्ने ४२ वर्षीय राकेश कुमार साह र सितामढी सिभवर परिषद्–४ बस्ने ३० वर्षीय विक्रम कुमार पासवान रहेका छन्।
उनीहरूको साथबाट ५०० भारुको १ थान र २०० भारुको १० थान गरी जम्मा भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने नोटहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
साथै, उनीहरूले प्रयोग गरेको विआर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकल, सक्कली भारु १७७, दुई थान एन्ड्रोइड मोबाइल र मोटरसाइकल पनि बरामद गरिएको छ।





About Us
प्रतिक्रिया