सिटिजन्स बैंकको ब्याज आम्दानी बढ्दापनि बढेन नाफा, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा ३५ करोड बढी नाफा आर्जन गरेको छ। बैकले वित्तीय विवरणअनुसार बैंकले पुसमसान्तसम्ममा ३५ करोड ८८ लाख ५८ हजार खुद नाफा आर्जन गरेको हो।

बैंकले गत वर्षको यही अवधिमा ६६ करोड १८ लाख २८ हजार नाफा कमाएको थियो। बैंकको नाफा घट्दा खुद ब्याज आम्दानी भने बढेको छ। बैंकले पुसमसान्तसम्ममा ३ अर्ब १४ करोड ४५ लाख ४६ हजार ब्याज आम्दानी गरेको हो। गत वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी ३ अर्ब ७ करोड ४५ लाख ७१ हजार रहेको थियो।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी घटेर २७ करोड २८ लाख १३ हजार पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ११ करोड ८७ लाख ४९ हजार र सञ्चालन नाफा ५० करोड ४१ लाख ७१ हजार कायम भएको छ। हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४ लाख ९३ हजार ऋणात्मक रहेको छ। बैंकको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रहेको छ भने जगेडा कोषमा ८ अर्ब ८२ करोड १७ लाख २४ हजार छ।

दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब २२ करोड ३५ लाख ६४ हजार र कर्जा लगानी १ खर्ब ६८ अर्ब २१ करोड २ लाख २ हजार रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा बढेर ६.८८ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा खराब कर्जा ४.८५ प्रतिशत थियो।