काठमाडौं – १६ लाख ९० हजार बराबरको २.५ किलोग्राम चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका– १६ बस्ने किसन साह रहेका छन्।
काठमाडौंको चन्द्रागिरी नगरपालिका –२ नागढुङ्गा स्थ प्वाइन्टमा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको म. प्र. ०१–००१ ख ७७२१ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागु औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनलाई चेकजाँच गर्दा लुकाई छिपाई गरी ल्याएको अवस्थामा फेला परेको १६ लाख ९० हजार रुपैयाँ बराबरको चाँदी जस्तो देखिने सेतो धातु तौल २ केजी ५०० ग्राम उनको साथबाट बरामद गरेको थियो। उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया