दुबई – अल अहालिया मनी एक्सचेन्ज ब्युरोले बंगलादेशको जमुना बैंक पीएलसीसँग प्रत्यक्ष टाइ(अप गर्दै सीमापार रेमिट्यान्स सेवालाई थप सुदृढ र विस्तार गर्ने रणनीतिक साझेदारी गरेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) बाट बंगलादेशतर्फ रेमिट्यान्स पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्यसहित दुई कम्पनीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा यो सहकार्य औपचारिक रूपमा स्थापित गरिएको हो। जमुना बैंक पीएलसीका तर्फबाट अध्यक्ष तथा बेलाल होसैन र कार्यकारी उपाध्यक्ष तथा डिभिजनल प्रमुख अब्दुस सोभानको उपस्थिति रहेको थियो। अल अहालिया मनी एक्सचेन्ज ब्युरोका तर्फबाट उपमहाप्रबन्धक सलमान खालिद, वरिष्ठ मार्केटिङ म्यानेजर सन्तोष नायर, बैंकिङ्ग अपरेसन म्यानेजर मोहम्मद मार्गुब र कोरिडोर म्यानेजर अबुल बाशार सहभागी थिए।
यस साझेदारीपछि अल अहालिया मनी एक्सचेन्ज ब्युरोका ग्राहकहरूले बंगलादेशमा अझ प्रभावकारी र उच्च सुरक्षासहित रकम पठाउन सक्नेछन्। सेवामार्फत प्रतिस्पर्धी विनिमय दरको सुविधा प्रदान गरिनुका साथै जमुना बैंकका खातामा प्रत्यक्ष रकम जम्मा गर्न र बैंकको व्यापक नेटवर्कमार्फत बंगलादेशभर रकम पठाउन सकिनेछ।
दुवै पक्षका अधिकारीहरूले यो सहकार्य अन्तर्राष्ट्रिय रेमिट्यान्स च्यानललाई थप सुदृढ बनाउने तथा वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनीहरूको परिवारलाई भरपर्दो वित्तीय सेवा प्रदान गर्ने साझा प्रतिबद्धताको प्रतिफल भएको बताएका छन्। यसले छिटो, सहज र सुरक्षित रूपमा रकम प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने तथा देशहरूबीचको वित्तीय सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
अल अहालिया मनी एक्सचेन्ज ब्युरोले सुरक्षित, सहज र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ भने जमुना बैंक पीएलसीले ग्राहकलाई अझ राम्रो सेवा दिन तथा बंगलादेशको रेमिट्यान्स प्रणालीलाई मजबुत बनाउन अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने लक्ष्यमा जोड दिएको छ।
अल अहालिया मनी एक्सचेन्ज ब्युरो अन्तर्राष्ट्रिय स्तरमा भरपर्दो र स्थापित रेमिट्यान्स सेवा प्रदायकका रूपमा परिचित संस्था हो। यसले सुरक्षित, छिटो र पारदर्शी रूपमा सीमापार रकम पठाउने सेवा प्रदान गर्दै आएको छ। नवीन प्रविधि, रणनीतिक बैंकिङ्ग साझेदारी र ग्राहककेन्द्रित सेवामार्फत अल अहालिया मनी एक्सचेन्ज ब्युरोले विश्वभर रहेका आप्रवासी कामदार तथा उनीहरूको परिवारलाई विश्वसनीय वित्तीय समाधान प्रदान गर्दै आइरहेको छ। यस किसिमका सहकार्यहरू मार्फत संस्थाले अन्तर्राष्ट्रिय रेमिट्यान्स क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै विश्वस्तरीय सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।





About Us
प्रतिक्रिया