काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका कृष्ण कुँवर, मकवानपुरका मनिषा अधिकारी, गुल्मीका भक्त प्रसाद मरासिनी र चितवनका सरल आचार्य रहेका छन्।
कुँवरले सर्विया पठाइदिन्छु भन्दै २ लाख ५० हजार, अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै २ लाख ५० हजार, मरासिनीले रोमानिया पठाइदिन्छु भन्दै २लाख २५ हजार र आचार्यले युएई पठाइदिन्छु भन्दै २ लाख ६२ हजार ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं मा पठाइएको प्रहरीले बताएको छ।



About Us
प्रतिक्रिया