काठमाडौं – अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले ईलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा– ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिरसहित ६ जनामाथि भ्रष्टाचार दायर गरेको छ।
उनीहरूले दाङको राजपुर गाउँपालिका– ४ स्थायी ठेगाना भएको भनी झुट्टा विवरण पेश गरी सरकारी कागजात सच्याई गैरनेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र दिलाई लिई भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। उनीहरूमाथि गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर छ।
अख्तियारका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको छ।





About Us
प्रतिक्रिया