एनआरएन इन्फ्रास्ट्रक्चरले ८ लाख कित्ता बढी शेयर बिक्री गर्दै


काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको ८ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ।

कम्पनीले माघ १० र ११ गते सम्पन्न सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस मितिमा माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८ औँ बैठकको निर्णय अनुसार लिएको हो।