काठमाडौं – गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) बिच चार्टर्ड एकाउण्टेण्टहरुलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा महत्त्वपूर्ण सम्झौता भएको छ। यस सम्झौतासँगै अब संघमा आबद्ध सदस्यहरुले बैंकबाट विभिन्न बैंकिङ्ग सुविधाहरूमा विशेष छुट र प्राथमिकता पाउने निश्चित भएको हो।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन्। यो सहकार्यपछि चार्टर्ड एकाउण्टेण्टहरुले न्यूनतम कागजी प्रक्रियामै ७५ हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्। यसका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा समेत उपभोग गर्न पाउने व्यवस्था मिलाइएको छ।
बैंकले पेसाकर्मीहरूको आवश्यकतालाई मध्यनजर गर्दै घर कर्जा र सवारी साधन कर्जामा समेत आकर्षक ब्याजदरको प्रस्ताव गरेको छ। हाल बैंकले ‘अब आफ्नै घर’ नारासहित ६.४९ प्रतिशतदेखि नै आवास कर्जा र ५.९९ प्रतिशतदेखि व्यावसायिक (एसएमई) कर्जा उपलब्ध गराइरहेको छ।





About Us
प्रतिक्रिया