अजरबैजान पठाइदिन्छु भन्दै चार लाख ठगी गर्ने एक जना प्रहरीको फन्दामा 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अजरबैजान पठाइदिन्छु भन्दै  ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरका ५९ वर्षीय महेन्द्र विश्वकर्मा रहेका छन्। 

उनले ४ जनालाई अजरबैजान पठाइदिन्छु भन्दै चार लाख ठगी गरेको प्रहरीले बताएको छ। उनलाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।