माछापुच्छ्रे बैंकले छ महिनामा कमायो एक अर्ब बढी नाफा


काठमाडौं – माछापुच्छ्रे बैंकले एक अर्ब बढी नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब १ करोड १२ लाख नाफा कमाएको जनाएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८० करोड ७३ लाख नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकले २ अर्ब ९४ करोड १० लाख ब्याज आम्दानी गरेको छ । गत वर्षको माघ मसान्तमा २ अर्ब ८२ करोड ३७ लाख ब्याज आम्दानी गरेको थियो । यसैगरी खुद फि एन्ड कमिसन आम्दानी ८२ करोड ८ लाख पुगेको छ । बैंकले सम्भावित नोक्सानीका लागि ५७ करोड ४३ लाख रुपैयाँ प्रोभिजन गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड २७ लाख रुपैयाँ छ ।

बैंकले कुल कर्जा १ खर्ब ५४ अर्ब ९५ लाख पुर्याएको छ । कुल कर्जामध्ये निष्क्रिय कर्जा ४.२५ प्रतिशत कायम छ । नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी १६.७३ रुपैयाँ कायम भएको छ ।