सुनका गहना नगदलगायतका सामान चोरी गर्ने दुई जना पक्राउ 


काठमाडौं – सुनका गहना र ४९ हजार नगदलगायतका सामानहरू चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाका केभव देवान र पाँचथरका कमल लिम्बु रहेका छन्। 

उनीहरूको साथबाट प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुको तिलहरी २ थान, चन्द्रमा २ थान र नगद ४९ हजार बरामद गरेको छ।  काठमाडौं महानगरपालिका– ९ सेतोपुल नजिक प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले स्कुटरमा रहेका उनीहरूलाई स्कुटरसहित नियन्त्रणमा लिएको छ। 

उनीहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।