नेप्सेमा एकोहोरो अंकको वृद्धि, कारोबार रकम ९ अर्ब बढी


काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार एकोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.२३ अंकले बढेर बजार २७ सय १४ दशमलव ६१ को बिन्दुमा बन्द भएको हो। आज आज ३३२ कम्पनीले कारोबार गर्दा कुल ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड ९० लाख कित्ता शेयर किनबेच भएको छ।

आज आँखु खोला जलविद्युत कम्पनीको सबभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको ४० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, मन्जीश्री फाइनान्सको ३५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन्। यी तिन कम्पनीका लगानीले १० प्रतिशतका दरले गुमाएका हुन्। यससँगै आज कालीका पावर कम्पनीका लगाीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ता ले आज ६.३५ प्रतिशतका दरले गुमाएका हुन्।