काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका अध्यक्ष दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। उनलाई सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा आदेश दिएको हो।
उनी हजिरी जमानीमा रिहा भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले बताए। प्रसाईं हिजो पोखराबाट पक्राउ परेका थिए। उनी निर्वाचन आयोगले गरेको काम कारबाहीमा अफवाह फैलाएको आरोपमा प्रसाईं पक्राउ परेका थिए।
नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।
प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए।







About Us
प्रतिक्रिया