काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४२.२६ अंकले बढेर बजार २७ सय १४ दशमलव ८१ को बिन्दुमा बन्द भएको हो। आज आज ३३९ कम्पनीले कारोबार गर्दा कुल ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर किनबेच भएको छ।
आज एनआरएनको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको ४० करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, राधि विद्युत कम्पनीको ३९ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी कमाउनमा गोर्खाज फाइनान्सका लगानीकर्ता रहेका छन्।
आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा बढी १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ४.२३ प्रतिशतका दरले गुमाएका हुन्।
यससँगै आज १३ वटै सेक्टरमा हरियाली देखिएको छ। आज सबैभन्दा बढी वृद्धि हाइड्रोपावर सेक्टरमा देखिएको छ । यस सेक्टरको ३.३६ प्रतिशतले वृद्धि देखिएको छ। त्यस्तै, इन्भेस्टमेन्ट सेक्टरमा २.५४ प्रतिशत, डेभलपमेन्ट बैंकहरुमा १.४५ प्रतिशत र बैकिङ्ग सेक्टरमा १.२४ प्रतिशतको वृद्धि देखिएको छ।







About Us
प्रतिक्रिया