काठमाडौं – वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदी एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाँउपालिका– ६ घर भई हाल भक्तपुर को सुर्यविनायक बस्ने शुकलाल तामाङ रहेका छन्।
उनले अवैध रुपमा संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार गरेको मुद्दामा भक्तपुर जिल्ला अदालत पाँच वर्ष कैद सजाय तोकेको थियो।
त्यस क्रममा जगन्नाथदेवल, सुन्धरा कारागारमा कैद सजाय भुक्तान गरिरहेको अवस्थामा उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट भागी फरार भएका थिए।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)बाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा काठमाडौंको नरेफाँट क्षेत्रबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेश गरेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया