चेक अनादर मुद्दाका फरार प्रतिवादी प्रहरीको फन्दामा 


काठमाडौं – चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका  २२ वर्षीय ऋषिका भट्ट रहेकी छिन्। 

उनलाई जिल्ला अदालत मकवानपुरबाट फैसला कार्यान्वयन अन्तर्गत जरिवाना सजाय तोकिएको थियो। उनलाई चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकिएका प्रहरीले बताएको छ। 

उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा पक्राउ गरी आवश्यक कारबाहीको लागी मकवानपुर जिल्ला अदालत हेटौडामा बुझाएको छ।