यी हुन् आज नेप्सेमा १० प्रतिशतका दरले कमाउने ४ कम्पनी, अन्यको कति?


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.१२ अंकले बढ्दा ४ कम्पनीका लगानीकर्ताले १०\१० प्रतिशतका दरले कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सका लगानीकर्ता रहेका छन्। आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, आज थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ८.७८ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, १०.३५ प्रतिशत एग्रिकल्चरल बैंक डिबेन्चर २०८३ को ५.८६ प्रतिशत, आरबीबी फोकस–४० को ५.७० प्रतिशतका दरले गुमाएका छन्।

त्यससँगै, आज मन्जुश्री फाइनान्सको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको ५३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको ३७ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, श्रीनगर एग्रिटेकको २८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।