इन्स्योरेन्स डिस्कोर्शः उद्घाटन सत्रमा रिलायबल लाइफका सीईओ लोहनी सहभागी हुने


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को उद्घाटन सत्रमा रिलायबल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी सहभागी हुने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको उद्घाटन सत्रमा लोहनी सहभागी हुने भएका हुन्।

लोहनी बीमा क्षेत्रमा आउनुअघि एक दशकभन्दा बढी समयसम्म बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा संलग्न थिए। जुन समय उनले कम्पनीहरूको सफलतापूर्वक नेतृत्व गरी लगानीकर्ताहरूलाई उद्योगको औसतभन्दा बढी प्रतिफल प्रदान गर्न सफल भएका थिए । समग्रमा, उनीसँग नेपालको वित्तीय बजारमा २० वर्षभन्दा बढीको अनुभव छ।

वित्तीय क्षेत्रमा आएका लोहनीले आफ्नो कार्यकालमा रिलायबल फाइनान्स, शुभ लक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेभलपमेन्ट बैंक आपसमा मर्ज गरेर रिलायबल डेभलपमेन्ट बैंक बनाउन कुशल भूमिका निर्वाह गरे। लोहनी नेतृत्वमा रहेको समयमा रिलायबल डेभलपमेन्ट बैंकले सहायक कम्पनी रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्था, रिलायबल क्यापिटल, रिलायबल रेमिट तथा जीवन बीमा व्यवसायको लागि रिलायबल लाइफ इन्स्योरेन्स लगायतका संस्थाको परिकल्पना गर्न सफल भएको थियो।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ। सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।

यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This