सुपरमाई हाइड्रोपावरको ४८ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिदै


काठमाडौं – सुपरमाई हाइड्रोपावर लिमिटेडको ४८ लाख बढी कित्ता शेयरको लकइन अवधि एक महिनापछि सकिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४८ लाख २५ हजार ७०० कित्ता शेयरको लकइन अवधि आउँदो फागुन ४ गतेबाट सकिने बताएको हो।

जसमा संस्थापकतर्फको ४२ लाख ८० हजार कित्ता, आयोजना प्रभावित स्थानीयबासिन्दातर्फको ५ लाख ३५ हजार कित्ता र कम्पनीका कर्मचारीतर्फको १० हजार ७०० कित्ता शेयर रहेको छ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओ २०७९ फागुन ५ गते बाँडफाँट गरिएको थियो। कुनैपनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ती समूहका शेयर ३ वर्षका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।