कुवेत पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने एक जना पक्राउ 


काठमाडौं – कुवेत पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाका राम बिहारी महतो रहेका छन्।

उनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै २ जनासँग ३ लाख ठगी गरेका थिए। 

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।