मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले जयेन्द्र कुमार शर्माको नाममा रहेको १९ हजार ६ सय कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि बैंकले सो शेयर बैंकको विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा संस्थापाक शेयरधनीबाट आवेदन नपरेपछि सार्वसाधारणले खरिद गर्न मिल्ने गरी सो शेयर बिक्री खुला गरेको बैंकले जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाले यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिनुपर्नेछ । इच्छुकले बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरीवा शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आइपुग्ने गरी आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।