चोरीको मोटरसाइकल सहित १ जना पक्राउ 


काठमाडौं – काठमाडौंको काठमाडौं महानगरपालिका– २७ केसरमहल चोक नजिकबाट १५० सिसिको चोरीको पल्सर मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका विक्रम सुनुवार रहेका छन् । 

उनलाई पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।