काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियन–पेकार्ड सेवा ल्याएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो।
युनियन–पेकार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुन: पुष्टि गरेको छ। नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन्।
विश्वभरका लाखौँ व्यापारी केन्द्र तथा एटीएममास्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षितबनाउनेछ ।यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्कछुट प्रदान गर्ने व्यवस्था गरेको छ।
सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्। इच्छुक ग्राहकहरूलाई यस विशेष अवसरको लाभ लिन समयमै आवेदन गर्न बैंकले जानकारी गराएको छ। यस कार्डको शुभारम्भमार्फत एनआईएमबी बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई थप सुदृढ बनाउँदैग्राहकहरूलाई कार्ड–आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको छ।
आगामी दिनहरूमा पनि नवीन तथा ग्राहकमैत्री वित्तीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहने बैंकले जनाएको छ। बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर एवं ६० शाखारहित बैंकिङ्ग मार्फतअत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।





About Us
प्रतिक्रिया