काठमाडौं – वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरका अमन महर्जन रहेका छन् ।
उनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके लैजाने भन्दै २८ लाख ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई भक्तपुरको मध्यपुर थिमिबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया