२ लाख ७५ नगद र सुनको सिक्री चोरी गर्ने चार जना प्रहरीको फन्दामा 


काठमाडौं – २ लाख ७५ नगद र सुनको सिक्री चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरोज खड्का, विकाश लामा, राजु गुरुङ र सुवास मगर रहेका छन् । 

उनीहरुले काठमाडौंको काठमाडौं महानगरपालिका–९ सिनामंगल गोल्डेनगेट अगाडीबाट बसमा चढी काठमाडौंको मित्रपार्क जाने क्रममा एक युवकको साथमा रहेको २ लाख ७५ हजार र  एक महिलाको सुनको सिक्री  पाकेटमार गरेका थिए। उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई तिलगंगाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

साथै, विभिन्न मितिमा खड्काविरुद्ध अभद्र व्यवहार, चोरी, डाँका, लागु औषध कसुर समेत गरी ११ वटा मुद्दा, लामाविरुद्ध अभद्र व्यवहार कसुरमा २ वटा मुद्दा,गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा ४ वटा मुद्दा र  मगरविरुद्ध अभद्र व्यवहार कसुरमा २ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ ।