काठमाडौं – एनएमबि बैंकको वार्षिक साधाराण सभा सम्पन्न भएको छ। त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएकाे छ। सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए।

एनएमबि बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब रूपैयाँ निक्षेप संकलन र २४३.३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।





About Us
प्रतिक्रिया