काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने मध्येमा दर्नालमाथि बैंकिङ्ग कसुर मुद्दामा १ महिना १० दिन कैद र ४४ लाख ६३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
साथै, केसीमाथि चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौँडामा बुझाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया