३६ लाख ४७ हजार जरिवाना तोकिएका बैंकिङ्ग कसुर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग  कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका भक्त बहादुर पछाई र काठमाडौंका उमेश अधिकारी रहेका छन्। 

रुपन्देही जिल्ला अदालतको फैसला बमोजिम बैंकिङ्ग कसुर मुद्दामा कैद तथा सजाय भई हालसम्म फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो। 

पक्राउ परेकामध्ये पछाईलाई १५ दिन कैद र ३५ लाख जरिवाना र अधिकारीलाई १ लाख ४७ हजार जरिवाना तोकिएको प्रहरी बताएको छ। उनीहरूलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागी पेस गरिएको प्रहरीले जनाएको छ।