काठमाडौं – भ्रष्टाचार मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीका जोशीपुर गाउँपालिका –७ बस्ने ४५ वर्षीय रामचन्द्र ओझा रहेका छन्।
उनलाई भ्रष्टाचार मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको थियो। उनलाई पक्राउ गरी थप जिल्ला अदालत कैलालीमा बुझाएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया