काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.९३ अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। आज सर्वाधिक गुमाउने कम्पनीहरुमा रुरु जलविद्युत परियोजना, ट्रेड टावर, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र श्रीनगर एग्रिटेक इन्ड्रष्टिजका लगानीकर्ता रहेका छन्।
जसमा रुरु जलविद्युतले ८.४१ प्रतिशत, ट्रेड टावरको ६.२६, सान्भी इनर्जीको ५.६१ प्रतिशत, बन्दीपुर केबलकार ५.४२ प्रतिशत र श्रीनगर एग्रिटेकका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका हुन्।
यससँगै, आज जीवन विकाश लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.९७ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, थ्रि स्टार होटलका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, हिमालयन ८०–२० का लगानीकर्ताले ७.३४ प्रतिशतका दरले कमाएका छन्।





About Us
प्रतिक्रिया