काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार एकोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.९३ अंकले बढेर बजार २६ सय ४९ दशमलव ३० को बिन्दुमा बन्द भएको हो। आज दिनभरमा ३३४ कम्पनीको कारोबार हुँदा कुल ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँ शेयर कारोबार भएको छ। त्यससँगै, १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ।
आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घट्दा ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज एवाई प्यानल नेपालको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज २४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, बुटवट पावर कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
आज जीवन विकाश लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.९७ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै थ्रि स्टार होटलका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन्। यससँगै आज रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, टेट्र टावरका लगानीकर्ताले ६.२६ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया