सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न सेबोनले दियो अनुमति


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीलाई बोर्डले आज अर्थात् सोमबार स्वीकृति दिएको हो । कम्पनीको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । बोर्डले पहिलोपटक नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको थियो । त्यसपश्चात बोर्डले कामना सेवा विकास बैंक र एनएमबी बैंकलाई पनि यस्तो अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिइसकेको छ ।