काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.७३ अंकले बढेरसँगै ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आज सर्वाधिक कमाउनेमा सागर डिष्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार एण्ड टुरिजम र रुरु जलविद्युत परियोजनाका लगानीकर्ता रहेका छन्। यी ५ वटै कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, आज १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले आज २.४९ प्रतिशतका दरले गुमाएका हुन्। यस्तै, रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका लगानीकर्ताले आज २.२३ प्रतिशतका दरले गुमाएका हुन्।
आज शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज ३८ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजमको २० करोड ९१ लाख रुपैयाँको कारोबार गरेको भएको छ। एसवाई प्यानल नेपालको १७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको हो।



About Us
प्रतिक्रिया