काठमाडौं – पोखरा फाइनान्स लिमिटेडले आउँदो माघ १४ गते साधारण सभा बोलाएको छ। कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले दुइवटा वार्षिक साधारण सभा एकैपटक बस्ने गरी बाेलाएकाे हाे।
कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०८०/८१र ०८१/०८२ को २८ औं र २९ औं वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले सो सभा दरबारथोक बैंक्वेट बाँस्तोलाथर पोखरा कास्कीमा बस्नेछ।
सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले सो सभा प्रयोजनका लागि पुस ३० गते शेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने समेत निर्णय गरेको छ। जसअनुसार पुस २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सो सभामा भाग लिन सक्नेछन्।



About Us
प्रतिक्रिया