चेक अनादर मुद्दाका फरार चार प्रतिवादी प्रहरीको फन्दामा 


काठमाडौं – चेक अनादर मुद्दाका फरार चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका सुस्मिता बोहरा क्षेत्री, आशा कुमारी थापा, ईश्वर मगर र मिथुन बल रहेका छन्। 

उनीहरूलाई जिल्ला अदालत मकवानपुरबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत जरिवाना सजाय तोकिएको थियो। पक्राउ पर्नेमध्ये क्षेत्री र बललाई १-१ हजार, थापा र मगरलाई ३-३ हजार चेक अनादर मुद्दामा जरिवाना तोकिएको थियो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा पक्राउ गरी आवश्यक कारबाहीको लागी मकवानपुर जिल्ला अदालत हेटौडामा बुझाएको प्रहरीले जनाएको छ।