युके पठाइदिन्छु भन्दै ५ लाख ठगी एक जना पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीको लागि  युके पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  काठमाडौंका ३४ वर्षीय बिजय गुरुङ रहेका छन्। 

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ५ लाख ठगी गरेका थिए। 

उनलाई काठमाडौंको काठमाडौं महानगर– १४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको  प्रहरीले जनाएको छ।