मोटरसाइकल चोरी गरेको अभियोगमा एक जना पक्राउ


काठमाडौं – मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका– ३ घर भई  ललितपुर बस्ने २६ वर्षीय  जिबन लामिछानेलाई रहेका छन्। 

प्रहरीका अनुसार काठमाडौंको कपनबाट बा.प्र.०२९०४३ प ६१३६ नम्बरको २२० सि.सी.को पल्सर मोटरसाइकल चोरी भएको भनी प्राप्त निवेदनका आधारमा खोजतलास गर्न क्रममा उनलाई मोटरसाइकलसहित पक्राउ गरिएको हो। 

काठमाडौं महानगरपालिका–२६ पवित्रनगर स्थित सडक किनारमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लामिछानेलाई प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।