काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले २:१ को अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने लागेको हो।
बैंकले हाल कायम रहेको साधारण शेयरको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ बराबर १ को अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
सो शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया